१० आश्विन २०८०, बुधबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
एका विहानै अवरुद्ध बाटो खोल्दै गाउँपालिका अध्यक्ष - News Humla
Banner Newsकर्णाली प्रदेशदेशमुख्य समाचार

एका विहानै अवरुद्ध बाटो खोल्दै गाउँपालिका अध्यक्ष

रेशमराज रोकाया
हुम्ला, असार, २०
उत्तरी नाम्खाको च्याछहरा भिर नजिकै बर्षाको कारण भत्केर अवरुद्ध भएको बाटोबाट हरेक दिन ३ देखी ४ वटा यात्रुवाहक जिप आउने जाने क्रम रोकिएको आज ४ दिन भयो । बाटो नभएर नाम्खाका वासिन्दा मात्र होईन, हुम्लाका अधिकाँश वासिन्दा चिनको पुलाङ काउण्टी रोजगारीको लागि आउने जाने क्रम पनि रोकियो । असार मसान्तको बेला जिल्लामा रहेको सरकारी कार्यालयमा योजना तर्जुमाको लागि रकम भुक्तानी लिन आउने नाम्खावासी पनि पिडित भए । हिँडेर सिमकोट आउन पर्दा कामकाज ढिलो हुने र छुट्ने समस्या, यातायात व्यवसायी पनि दिनहुँ १ लाख देखी २ लाख सम्मको आम्दानी गर्नबाट वञ्चित भएका थिए ।

आज विहानै नाम्खा गाउँपालिकाको आफ्नै डोजर सहित बर्षा रोकिए पछि अध्यक्ष प्रेम लामा बाटो अवरुद्ध खुलाउन सिमकोटबाट त्यस तर्फ गए, अहिले सोही ठाउँमा आफु स्वयं उपस्थिती भएर बाटो खोल्ने काम भइरहेको बताउनु भयो । द्रुत गतिमा अवरुद्ध भएको बाटोको निर्माण भईरहेको छ । पहिरो गएर अवरुद्ध भएको बाटो आजैबाट सुचारु हुने अध्यक्ष लामाले बताउनु भयो । यसबाटो भएर आवत जावत गर्ने हुम्लीवासीको करोडौंको क्षतीलाई जोगाउन र सहज गराउनको लागि यो बाटो तत्काल सुचारु गर्नको लागि लागि परेको लामाको भनाई रहेको छ ।
जनताको जिविकासँग प्रत्यक्ष असर पर्ने विभिन्न काममा तत्काल समाधान दिनु नाम्खा गाउँपालिकाको अध्यक्षको विशेषता रहेको स्थानियले बताए । नजिकै रहेको ताक्रुखोलामा गाडी खोलामा नै गुडाएर जानु पर्ने समस्यालाई पनि तत्काल हटाउनको लागि पनि काठेपुल बनाउन लागिएको लामाको भनाई रहेको छ । त्यहाँ हिल्सा सिमकोट सडक खण्डको मोटरेवल पुल वषौं अगाडी देखी बन्न लागेको भएता पनि हाल सम्म नबन्दा गाडी खोलाबाट नै वारपार गर्ने समस्या रहेको थियो । वर्षातको समयमा पानीको बहाव बढ्ने भएको कारण गाडीलाई आवत जावत गर्न समस्या हटाउनको लागि काठे पुल बनाउन लागेको अध्यक्ष लामाले बताए ।

 

News Humla Desk

News Humla is a Popular Online Nepali News Portal. News Humla Nepali News Portal by News Humla Media.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button