१४ आश्विन २०८०, आईतवार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
यात्रु त जोगाए राजेश आफु रहेनन् - News Humla
Banner Newsताजा समाचार

यात्रु त जोगाए राजेश आफु रहेनन्

रेशमराज रोकाया
हुम्ला, असार, ४

जिल्लाको उत्तरी गाउँपालिका नाम्खाको कर्णाली करिडोर अन्तरगत च्याहरा भिर नजिकै प्रदेश ०३–१–०२२ च ५१२६ नम्बरको जिप दुर्घटना भएको छ । दुर्घटनाका क्रममा घाईते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ दुर्घटना हुँदा गाडीबाट हाम फालेर बच सफल भएका चालक राजेशहेमजंग तामाङको जिल्ला अस्पताल, हुम्लाका उपचारको क्रमका मृत्यु भएको हो ।
जनकपुर घर भएका चालक राजेश दुर्घटनामा सख्त घाईते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल, हुम्लामा उद्दार पछि उपचार गरिएको भएता पनि उनको मृत्यु भएको प्रहरी प्रमुख भिमलाल भट्टराईले बताए ।
आज विहान सिमकोटबाट हिल्सा जाँदै गरेको जिप कर्णाली नदीमा खसेको थियो । विहान ५ बजे सिमकोटबाट छुटेको जीप विहान ७ बजे भरिबाट खसेको बताईएको छ । कामका लागि चीनको पुलाङ काउण्टीके ताक्लाकोट जानको लागि सिमा पारवहन अनुमति पत्र बनाउन आएका नाम्खा गाउँपालिका वडा नं. ६ लिमीका १२ जना यात्रु बोकेर जिप सिमा हिल्सा जाँदै गरेको थियो । बाटो अति नै भिरालो भएको कारण जीपले तान्न नसक्ने भनि चालकले यात्रुलाई ओर्लन भनेको भएता पनि जीप नदीमा खसेको थियो । सिमकोट हिल्सा सडक खण्डको च्याछहरा अति नै जोखिमपूर्ण बाटो रहेको छ । चालकले ज्यान गुमाएको भएता पनि सम्पूर्ण यात्रुको ज्यान भने चालकले भने जोगाएका छन् ।
जीप करिब ५० मिटर तल खसी नदीमा बेपत्ता भएको छ । हाल स्थानिय र प्रहरीले जीपको खोजी गरिरहेको छ । जीपमा लिमीवासीका उपभोगका सामान लगायतको रहेको बुझिएको छ ।

News Humla Desk

News Humla is a Popular Online Nepali News Portal. News Humla Nepali News Portal by News Humla Media.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button