८ आश्विन २०८०, सोमबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
कानुनको चंगुलमा रवि - News Humla
Banner NewsBanner news (with photo)ताजा समाचारमुख्य समाचारराजनीति

कानुनको चंगुलमा रवि

पासपोर्टमाथि अनुसन्धान हुँदै गर्दा किन ताक्दैछन् फेरि गृहमन्त्री ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०७० (सन् २०१४)मा अमेरिकी नागरिकता लिएपछि उनको नेपाली नागरिकताको प्रमाणपत्र कानुन अनुसार निष्क्रिय भएको थियो । २०७५ मा अमेरिकी नागरिकता त्याग्ने प्रयोजनका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिएर उनले आफ्नो निष्क्रिय नागरिकता आफूखुसी चलाएका थिए । अध्यागमन विभागमा रविले बुझाएको जानकारीपत्र अनुसार, २०७५ जेठ ३ सम्म उनीसँग अमेरिकाको पासपोर्ट थियो । यही विषय बल्झँदै जाँदा परेको मुद्दामा फैसला हुँदा रविले उपप्रधान, गृहमन्त्री लगायत आफ्नो पार्टीगत पदहरु गुमाएका थिए । सर्वोच्च अदालतको फैसलासँगै उनले वंशजका आधारमा २०५० सालमा लिएको नागरिकताबारे विवाद सुल्झिएको छ । आइतबार लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आफ्नो निष्क्रिय नागरिकतालाई सक्रिय बनाए, अर्थात् कार्यालयमा रेकर्ड गराई उनलाई नागरिकताको प्रमाणपत्र पुनरप्राप्ति भएको छ । आइतबारदेखि पुनः नेपाली नागरिक भएका लामिछानेले अमेरिकी नागरिक हुँदै (२०७२ जेठ १३ मा) नेपाली राहदानी (पासपोर्ट) लिएका थिए । अमेरिकी नागरिक छँदै निष्क्रिय नागरिकता देखाएर उनले लिएको नेपाली पासपोर्ट यतिखेर कानुनी प्रश्नको घेरामा छ ।

News Humla Desk

News Humla is a Popular Online Nepali News Portal. News Humla Nepali News Portal by News Humla Media.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button