८ आश्विन २०८०, सोमबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
काठेपुल बन्दा स्थानियको आर्थिक स्थितीमा सुधार - News Humla
Banner Newsअर्थतन्त्रअर्थव्यवस्थाकर्णाली प्रदेशताजा समाचारदेशमुख्य समाचार

काठेपुल बन्दा स्थानियको आर्थिक स्थितीमा सुधार

मंसिर २४
हुम्लाको उत्तरी चिन सिमामा रहेको गाउँपालिकाको लिमीको तिल गाउँका स्थानीयले बाह्र दिन लगाएर मोटर गुड्ने काठे पुल निर्माण सम्पन्न गरेका छन् । हिउँदमा हिउँ पर्ने र काम गर्न नपाइने निष्कर्ष निकाल्दै बिना सम्झौता सो कार्य गरेर पुुलमा गाडी गुडाउन समेत सफल भएका हुन् । उत्तरी लिमी गाउँमा मंसिर देखी हिमपात भएर बैशाख सम्म पुरै बाटो बन्द हुने गरेको छ ।

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको तिल बस्तीका स्थानीय लुण्डप तामाङले सम्झौता बिनै उधारोमा तिल गाउँ जोड्ने तिम्ज्यङु मोटरबाटोमा पर्ने लिमी कर्णालीमा काठेपुल निर्माण गर्न सफल भएको बताए । यसअघि नदीको छेउसम्म सडक निर्माण भएको थियो तर, पुल नबनेका कारण तिल गाउँ सडक निर्माण गरिए पनि सडक सञ्जालसँग जोडिन सकेको थिएन । पुल निर्माण पछि सदरमुकाम सिमकोट र चिन नाका खुले पछि सामान आयात निर्यातको लागि सहज हुने भएको छ । सामानको निकासी पैठारीले यहाँको वासिन्दाको आर्थिक स्थिती सुधार हुने र जनजीवनमा सुधार हुनेमा स्थानिय विश्वस्त रहेका छन् ।

बीस मिटर लम्बाई र पाँच मिटर चौढा काठेपुुल उधारोमा निर्माण गरेर तिल गाउँसम्म गाडी पुर् याउन स्थानीय सफल भएका हुन् । यसका लागि तिल गाउँका स्थानीयले सल्लीबाट काठ लगेर पुुल निर्माण गरेका हुन् । बजेट सुनिश्चित भएपछि उधारोमै भए पनि काम गर्ने आँट स्थानीयले गरेका हुन्। पुुलको योजना स्थानीय उपभोक्ता समूहबाट गरिएको हो । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले डिभिजन बन कार्यालयको वार्षिक कार्यक्रममा स्वीकृत योजना भएका कारण सम्झौता नभएरै स्थानीयले काम सम्पन्न गरेको बताए । सम्झौता गरेर काम गर्नको लागि समय धेरै लाग्ने र स्थानियलाई सुविधा चाँडै प्रदान गर्नको लागि पनि पुलको निर्मँण गरिएको हो । उनले पछि हिमपात हुँदा चिसोले काम गर्न नसकिने स्थानीयले निष्कर्ष निकाल्दै सबैको सहमतिमा सो योजनाको निर्माण सम्पन्न भएको जनाए । तिल गाउँसम्म गाडी पुर्याउनकै लागि पछि आउन सक्ने जोखिमलाई समेत वास्ता नगरी पुुल निर्माण सम्पन्न गरिएको छ ।

कार्यालयसँग समन्वय गर्ने काम र स्थानीयलाई निर्माण अगाडि बढाउन वडाले भूमिका निर्वाह गरेको हो। यसका लागि उपभोक्ताले कार्यालयसँग समन्वय गरेका थिए । अब उपभोक्ता समिति चैत वैशाखपछि मात्र जिल्लामा आएर सम्झौता गर्ने र अनि मात्र भुक्तानी लिन पाउनेछन्। यो अवधिसम्म काठ ढुवानी र कामदारको ज्याला भने उधारोमै रहनेछ। जसमा सय जना कामदारले बाह्र दिन लगाएर काम गरेका छन् । त्यसमा दक्ष कामदार ३५ जना महिला कामदार पनि छन् ।

पुल निर्माणका लागि प्रयोग गरिएको मेसिनको ज्याला र ग्याबिनको रकमसमेत उधारोमै छ । आउजाउ सहज नभएका कारण लिमीवासी बर्सेनि विकासे योजना सहमतिमा उधारोमा काम गर्ने चलन रहँदै आएको छ । एउटा योजनाको सम्झौताका लागि आउजाउ र कार्यालयसँग काम गर्नुपर्दा दश दिनसम्म लाग्ने गर्छ । यसले गर्दा समय बढी लाग्ने, आर्थिक व्ययभार पनि बढी नै हुने गरेको छ । कार्यालयले सो काठेपुुल निर्माणका लागि साठी लाख बजेट विनियोजन भएको जनाएको छ । अन्यत्र कतै पनि बजेट खातामा नआउँदासम्म यस्ता विकासे योजनाको काम अगाडि बढ्न नसक्ने भए पनि लिमीका स्थानीय भने केही फरक देखिँदै आएका छन् ।

News Humla Desk

News Humla is a Popular Online Nepali News Portal. News Humla Nepali News Portal by News Humla Media.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button